Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

प्रगतिशील लोकतान्त्रिक पार्टीमार्फत नयाँ राजनीतिक धार प्रस्तुत गर्दै दलसिंह खत्री

Advertisement

Advertisement

दलसिंह खत्री क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानका अभियन्ता मात्र होइनन्, परिवर्तनप्रतिको अडान र प्रतिबद्धताको जीवित प्रतीकका रूपमा चिनिँदै आएका छन्। लामो समयदेखि जनताको पक्षमा उभिँदै आएका खत्रीले व्यक्ति धनी होइन, राज्य धनी भए मात्र आमनागरिकको जीवनमा वास्तविक परिवर्तन सम्भव हुने स्पष्ट दृष्टिकोण अघि सारेका छन्। देशका विभिन्न भूगोलमा पुगेर जनताको पीडा, आशा र सपना नजिकबाट बुझेका उनले ती अनुभूतिलाई विचार र राजनीतिक मार्गदर्शनमा रूपान्तरण गर्दै आएका छन्।

उक्त अभियानलाई संस्थागत रूपमा अगाडि बढाउने क्रममा निर्वाचन सञ्चालन तथा वार्ता संवाद समितिका संयोजक जनार्दन शर्माको सक्रिय भूमिका रहेको छ भने क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानका संयोजक दलसिंह खत्री मिशनले वैचारिक एकता र राजनीतिक रूपान्तरणको दिशामा निरन्तर पहल गरिरहेका छन्। उनीहरूको साझा प्रयासले प्रगतिशील लोकतान्त्रिक मूल्य, सुशासन र सामाजिक न्यायको पक्षमा नयाँ आशा जगाएको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘आँखा’ चुनाव चिन्हमार्फत सचेत, दूरदर्शी र जिम्मेवार परिवर्तनको सन्देश जनतासम्म पुर्‍याउने तयारी गरेको छ। पार्टी नेतृत्वमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनार्दन शर्मा लगायत अन्य बौद्धिक राजनीतिज्ञ र परिवर्तनकामी शक्तिहरूको समर्थनले यो अभियानलाई अझ सशक्त बनाएको छ। जनताको भरोसा, संघर्षको इतिहास र भविष्यप्रतिको आशालाई जोड्दै दलसिंह खत्री नेतृत्वको यो पहलले देशमा नयाँ राजनीतिक सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.