Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

गलकोटमा लालिगुराँस उत्सव चैत ३० देखि, तयारीका लागि उपसमिति गठन

Advertisement

Advertisement

गलकोट घुम्टे पर्यटन विकास केन्द्रको बैठक गलकोट नगरपालिका–५ हरिचौरमा सम्पन्न भएको छ। बैठकले प्रत्येक वर्षझैं यस वर्ष पनि घुम्टेको लेकमा आयोजना हुँदै आएको लालिगुराँस उत्सव आगामी चैत ३० गतेदेखि वैशाख १ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। उत्सव घुम्टे लेकस्थित सिद्ध भैरव मन्दिर परिसरमा सञ्चालन हुनेछ।

उत्सवको अवसरमा लाखबत्ती प्रज्वलन कार्यक्रमसमेत आयोजना गर्ने निर्णय बैठकले गरेको छ। लाखबत्ती प्रज्वलनका लागि इच्छुक व्यक्ति, संघ–संस्था तथा समूहलाई सहभागिताका लागि अनुरोध गर्ने र आवश्यक व्यवस्थापन आयोजक संस्थाले गर्ने जनाइएको छ।
लालिगुराँस उत्सव तथा लाखबत्ती प्रज्वलन कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ। झंक बहादुर बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन उपसमिति, ललिता थापाको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति र शेर बहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको संस्थाका सचिव शेर बहादुर थापाले जानकारी दिनुभयो।
बैठक संस्थाका अध्यक्ष झंक बहादुर बस्नेतको अध्यक्षतामा तथा सचिव शेर बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.